२४ श्रावण २०८३, आईतवार
,
Latest
प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकार आफ्नो उद्देश्य र बाटोबाट बरालिएको दाबी गरे । सरकारका गलत काममाथि कांग्रेसले निगरानी राख्दै आवश्यक हस्तक्षेप गर्ने उनको भनाइ छ ।

थापाले प्रधानमन्त्री शाहले आफूलाई ‘ब्रेक नभएको गाडी’का रूपमा प्रस्तुत गरेको प्रसंग उल्लेख गर्दै सरकारलाई गति बढाउने छुट भए पनि संविधान, विधि र शासनको ‘लेन’ मिच्ने छुट नभएको बताए ।

‘प्रधानमन्त्रीले मेरो गाडीमा ब्रेक छैन भन्नुभएको छ । उहाँले स्पीडमा हिँड्ने निर्णय गर्नुभएको छ भने त्यसमा हाम्रो भन्नु केही छैन । स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर लेन मिच्न दिँदैनौँ,’ थापाले भने ।

उनले सरकार गलत दिशातर्फ अघि बढे त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसको रहेको बताए । सरकारको कामकारबाहीमाथि खबरदारी गर्दै आवश्यक ठाउँमा कांग्रेसले लगाम लगाउने उनको भनाइ थियो ।

प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा कांग्रेस संविधान र लोकतान्त्रिक प्रक्रियाअनुसार सही बाटोमा अघि बढिरहेको दाबीसमेत थापाले गरे ।