२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पादकहरुसँग सभामुखः राष्ट्रपति कार्यालयबाट संसदको अधिकार अपहरण भयो



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको अधिकार अपहरण भएको टीप्पणी गरेका छन् । 

बानेश्वरस्थित संसद् भवनमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा सभामुख सापकोटाले शीतलनिवासले अदालतको फैसलाको समेत उल्लंघन गर्दै संसद्को अधिकार अपहरण गरेको जिकिर गरे ।

'संविधानमाथि एकपछि अर्को बलमिच्याइँ हुन थाल्यो । माइतीघर मण्डलामा वृद्धअवस्था भएका मानिससमेत आन्दोलनमा आए ।' उनले भने ।

उनले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयासरत रहेको समेत बताए । उनले महामारीका बेला संसदमा सार्वजनिक सरोकारका विषयमा छलफल हुन नसको भन्दै दुःख व्यक्त गरे । 

बेलायती संसद‍्मा नेपालको कोभिड महामारीबारे छलफल भएको, तर नेपालको संसद‍्मा छलफल गर्न नपाएको उनको गुनासो थियो ।