२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पादकहरुसँग सभामुखः राष्ट्रपति कार्यालयबाट संसदको अधिकार अपहरण भयो



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको अधिकार अपहरण भएको टीप्पणी गरेका छन् । 

बानेश्वरस्थित संसद् भवनमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा सभामुख सापकोटाले शीतलनिवासले अदालतको फैसलाको समेत उल्लंघन गर्दै संसद्को अधिकार अपहरण गरेको जिकिर गरे ।

'संविधानमाथि एकपछि अर्को बलमिच्याइँ हुन थाल्यो । माइतीघर मण्डलामा वृद्धअवस्था भएका मानिससमेत आन्दोलनमा आए ।' उनले भने ।

उनले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयासरत रहेको समेत बताए । उनले महामारीका बेला संसदमा सार्वजनिक सरोकारका विषयमा छलफल हुन नसको भन्दै दुःख व्यक्त गरे । 

बेलायती संसद‍्मा नेपालको कोभिड महामारीबारे छलफल भएको, तर नेपालको संसद‍्मा छलफल गर्न नपाएको उनको गुनासो थियो ।