१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गर्ने, संयुक्त घोषणापत्र सार्वजनिक

स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गर्ने, संयुक्त घोषणापत्र सार्वजनिक
अ अ+ अ-

काठमाडौं । आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनल सहकार्य गर्ने भएका छन् ।

नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा मोटो मसाल निकट विद्यार्थी संगठन अखिल छैटौंले आगामी स्ववियु निर्वाचनमा सहकार्य गर्ने भएका हुन् ।

तीन क्रान्तिकारी विद्यार्थी संगठनले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । घोषणपत्र सार्वजनिक कार्यक्रममा बोल्दै अअिखिल छैटौंका संयोजक दीपक पौडेलले निकट भविष्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने उद्देश्यका साथ सहकार्य अगाडि बढाइएको बताए ।

‘हामी अखिल छैटौं, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी तीन वटा संगठनबीच सहकार्य गरेर एकताबद्ध भएर निर्वाचनमा जाने घोषणा गरेका छौं । त्यतिमात्रै होइन हामी निकट भविष्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने उद्देश्यका साथ विद्यार्थी संगठनको एकता प्रक्रिया पनि हामीले अगाडि बढाएका छौं,’– उनले भने ।

पञ्चायती व्यवस्थामासमेत विद्यार्थी आन्दोलनले स्ववियुको स्थापना गरेपनि आज गणतन्त्र आउँदा पनि नियमित स्ववियु निर्वाचन हुननसक्नु दु:खद् भएको उनले बताए । ठूला दल निकट विद्यार्थी संगठन अहिलेको स्ववियु निर्वाचनमा अस्वसनसहित आएको भन्दै उनले त्यसबाट सचेत हुन आम विद्यार्थी मतदातालाई आग्रह गरे ।

अहिलेको शैक्षिक समस्या समाधानका लागि श्रमसँग जोडिएको शिक्षा नीति आवश्यक रहेको उनले बताए । सरकारसँग आफूलाई कति शैक्षिक जनशक्ति चाहिने भन्ने बारेमा योजना नै नभएको उनले बताए । अहिले शिक्षा क्षेत्र दलाल पुँजीपति वर्गको हातमा पुगेको उनको आरोप छ । आफूहरु अबको विद्यार्थी आन्दोलन कसरी अगाडि बढाउने भन्ने बारेमा लागि रहेको उनले बताए । विद्यार्थीहरुलाई परिवर्तन र आन्दोलनका बारेमा बुझाउन आवश्यक रहेको उनले बताए ।

त्यसैगरी, नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले आफुहरुले अहिले श्रम र अनुसन्धानसँग जोड्ने उत्पादनमूलक र वैज्ञानिक शिक्षा चाहेको बताए । पछिल्लो समय झण्डै १४ वर्षपछि देशभरिका क्यम्पसमा निर्वाचन हुनु आफैंमा खुसीको कुरा भएको उनले बताए । सत्ताधारी विद्यार्थी संगठनहरुका कारण धेरै क्याम्समा स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको उनले बताए ।
‘आज सत्ताधारी पार्टीका विद्यार्थी संगठनका आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रका विरुद्ध आम विद्यार्थी सडक मा आउनुपर्छ र विद्रोह गर्नुपर्छ,’– उनले भने ।

कम्युनिष्ट पार्टीहरु आन्तरिक किचलोका कारण टुटिरहेको सन्दर्भमा तीन कम्युनिष्ट पार्टीले एकताको अभियान थालेको र निकट भविष्यमै पार्टी एकता हुने उनले बताए ।नेकपा मोटो मसाल, क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच चाँडै पार्टी एकता ह्ुने तयारी रहेको उनले बताएका हुन् । ‘नेकपा मोटो मसाल, क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच छिट्टै पार्टी एकता हुँदैछ । र यी तिन वटै संगठन पनि एकताबद्ध हुने प्रक्रियामा छ । त्यो प्रक्रियास्वरुप हामी तीनै वटा संगठन संयुक्त रुपमा स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय अनुरुप संयुक्त घोषणपत्र जारी गरेका छौं,’– उनले भने ।

क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले विश्वविद्यालयमा भएका विक्रिति, विसंगति र गलत क्रियाकलापका विरुद्ध आफूहरु लागिपर्ने बताए । मरेका लासजस्ता संगठनको कुनै औचित्य नभएको उनको भनाई छ । ‘आज अरु विद्यार्थी संगठनहरु, नेविसंघ, अखिल र प्रचण्ड नेतृत्वको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु छन् । दुइचार जना मान्छे अलिबढी भएको जस्तो पनि लाग्न सक्छ । तर, मरेका लास जस्ता संगठनको आज कुनै औचित्य छैन । हाम्रो यो संगठन भनेको ज्यूँदो, जाग्दो झिल्का हो । क्रान्तिको झिल्का हो । शैक्षिक क्षेत्रमाथि क्याम्पसहरुमा जुन खाल्का गलत हर्कत र क्रियाकलापहरु हुन्छन् । त्यसको विरुद्ध मिसाइल बनेर पड्किने तप्का हो हाम्रो संगठन,’– उनले भने ।