५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुन सक्दैन: उपाध्यक्ष अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुननसक्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको २१औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाका लागि नीतिगत वकालतमा आयोगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“सबै तहमा महिलाको कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ, स्थानीय तहमा महिला उपप्रमुख वा उपाध्यक्षमात्र नभई प्रमुख वा अध्यक्ष नै बनेर काम गर्ने वातावरण बनाउनुपर्छ, परिवर्तनमा महिलाको धेरै भूमिका भएकाले पनि राजनीतिमा महिलाको प्रतिनिधित्व बढाउन काम हुनुपर्छ, राजनीतिक दलको निर्णायक तहमा अझै महिलाको सहभागिता हुनसकेको छैन, यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ”–उहाँले भन्नुभयो ।

ऐन, कानुनमा महिला विभेदमा रहेकाले त्यसको संशोधनमा सबैले उपाध्यक्ष अर्यालको भनाइ थियो । समानुपातिक निर्वाचन पद्दतिले मात्र महिलाको ३४ प्रतिशत प्रतिनिधित्व पुगेकाले प्रत्यक्षमै चुनाव लडाउन पनि महिला जागरण गरिनुपर्नेमा उहाँको जोड थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्य श्रेष्ठले आर्थिक अनुशासन कायम गराउन महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महिलाले तीजलगायत चाडवाडमा धेरै माग नगर्ने संस्कारको विकास गरे भ्रष्टाचार नबढ्ने उहाँको भनाइ थियो ।

महिला आयोगका कार्यबाहक अध्यक्ष विद्याकुमारी सिन्हाले समान ज्यालाका लागि श्रमिक महिला दिवस मनाउन सुरु गरिएको जानकारी दिँदै अल्पसङ्ख्यक महिलालाई सामाजिक न्यायबाट वञ्चित नगराउन पनि आयोगले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेलले कूल जनसङ्ख्याको ६५ प्रतिशत कृषि पेसामा रहेको उल्लेख गर्दै ५१ प्रतिशत जनसङ्ख्या रहेको महिला नै बढी कृषि पेसा धानेर बसेको बताउनुभयो । ग्रामीण कृषि क्षेत्र अहिले महिलाले नै चलाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, महिला आयोगका सदस्य सावित्राकुमारी शर्मा, आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारी, बेजिङ बियोन्ड कमिटीका बोर्ड सदस्य रीता शाहलगायतले महिला अधिकार संरक्षणका लागि आयोगले अझै काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । विसं २०५८ फागुन २३ गते आयोगको स्थापना भएको हो ।