३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.51

Wind: 1.54

Humidity: 71

Latest
सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनुपर्ने एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा आर्सनलले चेल्सीलाई हरायो ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक: पूर्वप्रधानमन्त्री खनाल मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सम्झौता बिथोल्ने षड्यन्त्र भइरहेको छ: सञ्चारमन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षड्यन्त्रअनुसार भएको उहाँले आशंका गर्नुभयो ।

धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोहरुको एक कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चारमन्त्री शर्माले उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको विषयलाई समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षड्यन्त्र र चलखेलहरु स्वाभाविक ढंगले भएको बताउनुभयो ।

“अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ?”, उहाँले भन्नुभयो, “म सरकारको तर्फबाट के भन्न चाहन्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौँ ।”

उहाँका अनुसार शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसद्मा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको हो । त्यहीबीचमा संसद् विघटन भएपछि विधेयक अलपत्र परेको उहाँले बताउनुभयो ।