१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बिहीबार पेसी

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बिहीबार पेसी
अ अ+ अ-

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलवार माओवादी जनयुद्धमा मारिएका व्यक्तिका आफन्तहरुले अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले बिहीबारका लागि पेसीसमेत तोकेको छ । सोहि दिन राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति चुनावकै दिन उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।

२८ निवेदकहरूले संयुक्त रुपमा निवेदन दर्ता गराएका छन्। यसअघि दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै सर्वोच्च अदालत प्रशासनले आदेश जारी गरेको थियो ।

यसअघि कानून व्यवसायीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानून व्यवसायीहरु प्रधानमन्त्री प्रचण्डविरुद्धको जाहेरी दर्ता गरी उहाँलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

विसं २०७६ माघ १ गते टुँडिखेलमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताउनुभएको थियो । त्यही अभिव्यक्तिलाई लिएर उहाँमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत गएका थिए ।

राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार कानून व्यवसायीहरु पुनः रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

रिटप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या गरेर कारबाहीको विषय बनाइनुपर्छ भन्नु पूर्वाग्रही भावना भएको बताउनुभएको थियो ।

मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेको छ।