२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलले यूएईविरुद्धको खेल गुमाउने , सन्दीप जोराले प्रतिस्थापन गर्ने



file photo
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल घाइते भएका छन् । विश्वकप लिग—२ क्रिकेटअन्तर्गत त्रिदेशीय शृंखला खेल्न यूएई पुगेका कुशललाई ग्रोईन ईन्जोरी भएको क्यानले जानकारी दिएको छ ।

क्यानका अनुसार ईन्जोरीका कारण कुशलले सोमबारको खेल गुमाउने छन् । सोमबार हुने यूएईविरुद्धको खेलमा उनको ठाउँमा सन्दीप जोराले प्रतिस्थापन गर्ने भएका छन् ।

क्यानले कुशल घाइते भएको जानकारी दिँदै भनेको छ, ‘हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौँ । तर हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्किने छ ।’

कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय इतिहासमा सर्वाधिक २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । त्यसबाहेक अन्य खेलमा भने उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

 




भर्खरै