२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगमा आज तीन खेल



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल र च्यासल मैदानमा एक खेल हुन लागेको हो ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल २ः३० बजे सुरु हुनेछ । यस्तै सोही समयमा च्यासल मैदानमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । फेयर प्ले टोलीले ३ लाख पाउने छ । यस्तै, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।