२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप असार ५ गते गर्ने प्रस्ताव



फाईल फोटो
अ+ अ-

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी असारमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बंगलादेशमा आयोजना हुने प्रतियोगिता असारको ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो । यद्दपी प्रस्तावित मितिमा नै हुने तय भने भएको छैन ।

यस बिषयमा छलफल चलिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी गराए । ‘साफको प्रस्ताव हो । छलफलकै क्रममा रहेको छ । प्रस्तावित मितिमै हुने सम्भावना छ,’ उनले भने ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै आएको छ । माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । भुटान र पाकिस्तानले भने सहभागिता जनाएको थिएन ।

अघिल्लो संस्करणमा नेपाल भारतसँग उपाधि भिडन्तमा ३-० ले पराजित भएको थियो ।