५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकताः देउवा



अ+ अ-

काठमाडौं ।नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरुपको आवश्यक नीति कानून बनाउनुपर्ने पनि बताउनु भयो । उहाँलै लोकतन्त्रको उन्नयनका लागि संविधान, कानूनका साथै नैतिक आचरणको विशेष महत्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यक्ता हो । यसको लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी छ । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरुपको आवश्यक नीति कानून बनाउनपर्छ । लोकतन्त्रको उन्नयनका लागि संविधान, कानूनका साथै नैतिक आचरणको विशेष महत्व हुन्छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुन सकोस् ।’

सभापति देउवाले आगामी ५ वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका कार्यकर्ताहरुको भावनाअनुसार काम गर्न बताउनु भयो ।