१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकताः देउवा



अ+ अ-

काठमाडौं ।नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरुपको आवश्यक नीति कानून बनाउनुपर्ने पनि बताउनु भयो । उहाँलै लोकतन्त्रको उन्नयनका लागि संविधान, कानूनका साथै नैतिक आचरणको विशेष महत्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यक्ता हो । यसको लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी छ । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरुपको आवश्यक नीति कानून बनाउनपर्छ । लोकतन्त्रको उन्नयनका लागि संविधान, कानूनका साथै नैतिक आचरणको विशेष महत्व हुन्छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुन सकोस् ।’

सभापति देउवाले आगामी ५ वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका कार्यकर्ताहरुको भावनाअनुसार काम गर्न बताउनु भयो ।