२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

मुख्यमन्त्री पदका लागि दाबी गरेका रामअशिष यादवले भने पूर्वसभामुखसमेत रहेका सरोजकुमार यादवलाई समर्थन गरेका छन् । मधेश प्रदेशमा जसपाका १६ प्रदेशसभा सदस्य छन् । जसपाबाट चुनिने संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ ।

मधेश प्रदेशमा जसपा र जनमत पार्टीले मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार पहिलो कार्यकालमा जसपाले सरकारको नेतृत्व लिने छ ।