१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्, दायाँबायाँ हुँदैनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने दाबी गरेका छन् ।

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतबारर धुलिखेलमा सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने ‘अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ । यो परिवर्तन चानचुने कुरा होइन, प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैछन् । तर सरकारविरुद्ध अनेक प्रयास भएका छन् । हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ । सरकार पनि टिक्छ।’

यस्तै, ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको समेत दाबी गरे । एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले भनेको रक्तबीज भएकाले यो अझ मजबुत हुने ओलीको भनाई छ ।