२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्, दायाँबायाँ हुँदैनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने दाबी गरेका छन् ।

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतबारर धुलिखेलमा सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने ‘अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ । यो परिवर्तन चानचुने कुरा होइन, प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैछन् । तर सरकारविरुद्ध अनेक प्रयास भएका छन् । हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ । सरकार पनि टिक्छ।’

यस्तै, ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको समेत दाबी गरे । एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले भनेको रक्तबीज भएकाले यो अझ मजबुत हुने ओलीको भनाई छ ।