• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु ★   मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन ★   कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आज हल्का पानी पर्ने

चीनका नयाँ राजदूत सङ काठमाडौँमा



काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आइतबार नेपाल आइपुग्नुभएको छ ।

काठमाडौँ आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको बताउनुभएको छ ।

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुवै मुलुकका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उपमहानिर्देशकसमेत रहनुभएको थियो ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको थियो। चार वर्षे कार्यकाल पूरा गरेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन सोङ नेपालका लागि राजदूतमा नियुक्त हुनुभएको हो ।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृत गरिसकेकाले उहाँ जिम्मेवारी सम्हाल्न नेपाल आउनुभएको हो ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आउनुभएको छ ।