१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका नयाँ राजदूत सङ काठमाडौँमा



अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आइतबार नेपाल आइपुग्नुभएको छ ।

काठमाडौँ आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको बताउनुभएको छ ।

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुवै मुलुकका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उपमहानिर्देशकसमेत रहनुभएको थियो ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको थियो। चार वर्षे कार्यकाल पूरा गरेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन सोङ नेपालका लागि राजदूतमा नियुक्त हुनुभएको हो ।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृत गरिसकेकाले उहाँ जिम्मेवारी सम्हाल्न नेपाल आउनुभएको हो ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आउनुभएको छ ।