३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की



file photo
अ+ अ-

काठमाडौँ । प्रदेश १ मा सरकारको मुख्यमन्त्री दाबी गर्ने समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । प्रदेशप्रमुख पर्शराम खापुङले प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो ।

सत्ता साझेदारहरुले आजै नेकपा (एमाले) का हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताइएको छ । झापा निर्वाचन क्षेत्र नं ५(१) बाट निर्वाचित कार्की मुख्यमन्त्री बन्ने भएका छन् । उनी एमाले स्थायी कमिटी सदस्यसमेत हुन् ।

यसअघिको प्रदेश सरकारमा उनी आन्तरिकमामिला तथा कानूनमन्त्री थिए ।

सो प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेको नेकपा (माओवादी केन्द्र) निकट नेताहरुले एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

यही पुस १७ गते प्रदेशप्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गर्नुभएको थियो ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा कुनै दलको पनि एकल बहुमत पुग्न नसकेकाले दुई वा दुईभन्दा बढी दलका सदस्यहरुको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।

एमालेको ४० र माओवादीको १३ सिटले सरकार बनाउन आवश्यक बहुमत (४७) सिट सजिलै पुग्ने अवस्था छ । केन्द्रीय गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ६ र जनता समाजवादी पार्टी (जसपा) को १ सिट थपिँदा सरकारलाई कुल ६० सिटको समर्थन प्राप्त हुनेछ ।

प्रदेश १ मा नेपाली कांग्रेसको २९ र नेकपा (एकीकृत समाजवादी) को ४ सिट छ ।