१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)
भैसेपाटी सडकमा उडेको धुलो ।
अ अ+ अ-

हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदुषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाईमा ध्यान दिनुपर्ने हो । आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदुषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदुषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन ।

जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाईमा नलाग्ने हो भने वायु प्रदुषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।

सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदुषणलाई कम गर्न सकिन्छ । वायु प्रदुषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ । आजको फोटोफिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्बिरहरु ।

ललितपुरको झरुवाराशीको ईटा भट्टा धुवा फक्दै ।

लेलेको पहाडमा प्रदुषण ।

भैसेपाटी सडकमा उडेको धुलो ।

राजदल गणमा कवाज सेनाले देखाउने क्रममा उडेको धुलो ।

विष्णुमती नदि वरपर फ्याकिएको फोहोर ।

कालीमाटी तरकारी बजारको फोहोरको थुप्रोमा आराम गर्दै युवक ।

कुलेश्वर तरकारी बजारछेउमा फ्याकिएको फोहोर ।

काठमाडौं कालीमाटी शहरबीचमा थुपारिएको पुराना गाडीहरुको डंगुर ।

ललितपुरको सुनाकोठी सडकमा धुलाम्मे बनेको कार ।

साँझपख पशुपतिको आकाशमा देखिएको धुँवाको मुस्लो ।

काठमाडांैंका देखिएको धुलोका कण ।

काठमाडौंको तिनकुनेमा बगेको वागमतीसँगै ढल ।

दक्षिण ललितपुरको कालेश्वर पहाडमा वायु प्रदुषण ।

कटुवाल दहमा फोहोरका कारण वागमतीमा बनेको फिज ।

बल्खु सडकमा उडेको धुलो ।