१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’

‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’
अ अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले तीन तहका सरकारबीचको आपसी समन्वय र सहकार्यबाट मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश तथा स्थानीय शासन सवलीकरण, प्रदेश कार्यक्रम सहयोग एकाइद्वारा आज मुगुको सदरमुकाम गमगढीमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सङ्घीय व्यवस्था कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।  उहाँका अनुसार विकास निर्माणका काममा तीन तहबीच पर्याप्त समन्वय र सहकार्य गरेमा प्रभावकारी नजिता प्राप्त हुन्छ ।

“विकास निर्माण, सेवा प्रवाह तथा शासन सञ्चालनमा प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको खाँचो पर्दछ । यसमा तहका संयन्त्र भिन्नभिन्न तरिकाले काम गर्दा उल्टै समस्या हुनसक्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी जति आपसमा समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ अघि बढ्छौँ, त्यति जनतालाई राहत र सुविधा पाउने अवस्था सिर्जना हुन्छ ।”

उहाँले प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र सङ्घीय सरकारका जिल्लास्थित कार्यालयको समेत महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।

प्रदेश सरकारले स्थानीय तह र सङ्घीय निकायसँग गर्नुपर्ने समन्वयमा कुनै कमी हुन नदिने भन्दै उहाँले सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्यालले विकास निर्माण साझा सवाल भएकाले कार्यान्वयनका क्रममा देखापरेका समस्यालाई समाधान गर्न सबैको सहयोग त्यत्तिकै जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार सबै सरकारको एउटै उद्देश्य भनेको नागरिकका माग, आवश्यकता र समस्यालाई सम्बोधन गरी उनीहरुलाई सुशासन र सेवा प्राप्तिको अनुभूति गराउनु हो ।

उक्त अन्तरक्रियामा जिल्लास्थित प्रदेशका कार्यालय प्रमुखहरूले स्थानीय तह, सङ्घीय कार्यालयबीच विगतमा समन्वय र सहकार्यमा देखिएका समस्याबारे अवगत गराउनुभएको थियो ।

कार्यक्रममा सङ्घ, प्रदेश सरकारका जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । रासस