१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ?

तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल
अ अ+ अ-

तनहुँ। तनहुँ निर्वाचन क्षेत्र नं १ का स्थानीय विकास, सडक तथा पूर्वाधार निर्माणलगायत विकासका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज छलफल गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्लास्तरीय नेताहरूले अर्थमन्त्री वाग्लेसँग भेटघाट गरी विकास निर्माणका विषयमा छलफल गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सचिव अनिल श्रेष्ठले अर्थमन्त्री वाग्लेसँगको भेटमा तनहुँ-१ अन्तर्गतका विभिन्न स्थानीय तहमा आवश्यक देखिएका विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको जानकारी दिनुभयो ।

विशेषगरी सडक तथा यातायात पूर्वाधारको अवस्था, स्थानीयस्तरमा आवश्यक विकास आयोजना, पूर्वाधार निर्माण तथा क्षेत्रको समग्र विकासका लागि आवश्यक बजेट र योजनाका विषयमा छलफल भएको श्रेष्ठले बताउनुभयो ।

क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ । स्थानीयस्तरबाट उठेका विकासका आवश्यकता सम्बन्धित निकायसम्म पुर्‍याउँदै दीर्घकालीन रूपमा प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको श्रेष्ठले उल्लेख गर्नुभयो ।

श्रेष्ठले भन्नुभयो, “तनहुँ-१ को समग्र विकासका लागि आवश्यक सडक, पूर्वाधार तथा स्थानीय विकासका विषयमा अर्थमन्त्रीज्यूसँग गम्भीर र सकारात्मक छलफल भएको छ ।  क्षेत्रका वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा कुराकानी भएको छ ।” रासस