१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

देशभर २१ विपद्का घटना, आठ जना घाइते

देशभर २१ विपद्का घटना, आठ जना घाइते
तस्बिर: एआइ
अ अ+ अ-

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा बढी सर्पदंशका सात घटना भएका छन् । यस्तै, पहिरोका पाँच, बाढीका तीन, आगलागीका दुई तथा जनावर आक्रमणका दुई घटना भएका छन् । अविरल वर्षाका कारण एक विपद् घटना भएको प्राधिकरणले जनाएको छ ।

विपद्का घटनाका कारण देशभर दुई वटा चौपायामा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट करिब रु १२ हजार बराबरको आर्थिक क्षति भएको छ ।

प्राधिकरणले विपद्का घटना बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ । रासस