७ पुष २०८२, सोमबार
,
Latest
मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ १० मा कांग्रेसका केसीको अग्रता



अ+ अ-

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र १० को मत गणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी अग्रता लिई रहेका छन् ।

उनलाई राष्टिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार आठ सय ८३ मतका साथ पछ्याई रहेका छन् । तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले दुई हजार चार सय २७ प्राप्त गरेका छन् । क्षेत्र न १० अन्तर्गत कीर्तिपुर नगरपालिकाको वडा न १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । कीर्तिपुर वडा नं ७ र ८ को गणना सुरु गरिएको जानकारी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले दिए ।

प्रदेशसभातर्फ क्षेत्र नं (१) को हालसम्मको परिणामअनुसार कांग्रेसका पुकार महर्जन चार हजार ९६ मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटाले दुई हजार नौ सय २४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका शिवभक्ति बलामीले दुई हजार तीन सय ७८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १० मा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ । कीर्तिपुरका १, २, ३ र ४ वडाको मतगणना सकिँदा सो पार्टीले दुई हजार २५ मत प्राप्त गरेको छ दोस्रोमा कांग्रेसले एक हजार नौ सय ९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार एक सय ५३ मत प्राप्त गरेको छ ।