६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो



अ+ अ-

एजेन्सी । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेको हो । श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १ सय ४४ रन जोड्दै पूरा गर्यो ।

इंग्ल्यान्डका लागि एलेक्स हालेसले ४७ रनको योगदान दिए । यस्तै बेन स्टोक्सले अविजित रहदै ४२ रन बनाए भने कप्तान जोस बट्लरले २३ रन जोडे ।

श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले २२ तथा कुशल मेन्डिसले १८ रन जोडे ।
इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले समूह १ बाट दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो ।

यस समूहबाट न्युजिल्याण्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहदै अन्तिम चारमा पुग्यो भने इंग्ल्यान्डको जितसँगै साविक विजेता अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरियो ।

श्रीलंकाले जितेको खण्डमा अष्ट्रेलिया अन्तिम चारमा पुग्ने थियो । तर अष्ट्रेलियाले ७ अंक जोडेपनि नेट रन रेटमा पछि परेपछि सेमिफाइनलमा पुग्न पाएन ।