७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय

सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय
अ+ अ-

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुनसरी लगायत पूर्वी तराईका जिल्लाहरुमा भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ ।

सोमवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको काँग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई ‘कर्मकाण्डी’ संज्ञा दिँदै उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका महामन्त्री प्रदीप पौडेलले सुनसरीमा दुई समुदायबीच भएको झडप र सुनसरी तथा सिरहामा गरी तीन जनाको मृत्यु भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको बताउनु भयो ।

काँग्रेसले यस विषयलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा सशक्त रूपमा उठाउने र न्यायिक समिति निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

यस प्रक्रियामा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य र समन्वय गरिने महामन्त्री पौडेलले बताउनु भयो । नागरिकका मुद्दा र आवाजलाई संसदसम्म प्रभावकारी रूपमा पु¥याउन नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई जिल्लागत जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

काँग्रेसको तर्फबाट प्रतिनिधित्व नभएका जिल्लाहरूमा समेत राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई खटाई नागरिकसँग प्रत्यक्ष संवाद र समन्वय गर्ने संयन्त्र तयार पारिएको छ ।

महामन्त्री पौडेलले भन्नुभयो, ‘आजको नेपाली कांग्रेस संसदीय दलको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । हालै सुनसरीमा भएको गम्भीर घटनाको छानबिन गृह मन्त्रालयले गठन गरेको समितिबाट सम्भव छैन भन्ने निष्कर्ष बैठकको छ ।

त्यसैले सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनबमोजिम कारबाही सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग नेपाली काँग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा सशक्त रूपमा उठाउने निर्णय गरेको छ । साथै, यस विषयमा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य गरिनेछ ।

नागरिकका आवाज र मुद्दालाई प्रभावकारी रूपमा संसदमा पु¥याउने उद्देश्यले सांसदहरूलाई जिल्ला–जिल्लामा जिम्मेवारी तोकी नागरिकसँग प्रत्यक्ष समन्वय र अन्तरसंवाद गर्ने निर्णय गरिएको छ ।

सांसदका स्वकीय सचिव नियुक्तिका लागि स्पष्ट मापदण्ड तयार गरी सोही मापदण्डअनुसार नियुक्ति प्रक्रिया अघि बढाइने निर्णय भएको छ । यसका साथै, सांसदहरूको क्षमता र प्रभावकारिता अभिवृद्धिका लागि नेपाली काँग्रेसले आयोजना गर्ने एकदिने अभिमुखीकरण तथा संवाद कार्यक्रममा संसदीय दलको सहभागिता रहने निर्णय पनि गरिएको छ । यी विषयसहित समसामयिक राजनीतिक मुद्दामा आजको बैठकले आवश्यक निर्णय गरेको छ

बैठकले सांसदका स्वकीय सचिवहरूको नियुक्तिमा निश्चित मापदण्ड निर्धारण गर्ने र सोही आधारमा मात्र स्वकीय सचिव प्रश्ताव गर्ने निर्णय पनि गरेको छ । साथै, सांसदहरूको कार्यक्षमता र प्रभावकारिता अभिवृद्धि गर्न पार्टीका तर्फबाट एकदिवसीय अभिमुखीकरण तथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णयलाई संसदीय दलले अनुमोदन गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषय र संसदीय भुमिकालाई थप प्रभावकारी बनाउने सन्दर्भमा समेत छलफल भएको छ ।–न्युज एजेन्सी नेपाल