७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
अ+ अ-

नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेशिन आजदेखि सञ्चालनमा आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिनुभयो ।

उहाँले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी दिँदै अब भारतलगायत अन्यत्र क्षेत्रमा बिरामी जाने बाध्यता हट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमा बिरामीको रोगको पहिचान हुने, उपचारमा सहजता आउने र बिरामीको आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ ।” मेडिकल सुपरिटेण्डेण्ट डा दर्नालले दुई वर्षदेखि सिटी स्क्यान मेसिनको टियुब बिग्रेको र त्यसलाई खरिद गर्न समय लागेको बताउनुभयो ।

उहाँका अनुसार मेसिन सञ्चालनमा आएपछि आज पहिलो दिन पाँच जनाले सेवा लिएका छन् । अस्पतालले पछिल्ला दिनमा सेवा विस्तार, सेवा व्यवस्थापनमा सुधार, आधुनिक उपकरण सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा सेवाको गुणस्तर र अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ ।

भेरी अस्पताल नेपालगन्जमा प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । अस्पतालले आर्थिक वर्ष २०८२÷८३ मा छ हजार ५९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा पाँच हजार ६०८ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा चार हजार १४५ जनाले सामान्य प्रसूति सेवा, भ्याकुम÷फोर्सेपमार्फत २०५ जनाले र शल्यक्रियामार्फत दुई हजार २४७ जनाले प्रसूति सेवा लिएका मेडिकल सुपरिटेण्डेण्ड डा दर्नालले जानकारी दिनुभयो ।

सरकारको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत प्रसूति सेवा र शल्यक्रिया निःशुल्क भएका कारण सेवा लिनेको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

त्यहाँ कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गर्न लागिएको छ । अस्पतालमा प्रसूति सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । रासस