१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो



अ+ अ-

एजेन्सी । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेको हो । श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १ सय ४४ रन जोड्दै पूरा गर्यो ।

इंग्ल्यान्डका लागि एलेक्स हालेसले ४७ रनको योगदान दिए । यस्तै बेन स्टोक्सले अविजित रहदै ४२ रन बनाए भने कप्तान जोस बट्लरले २३ रन जोडे ।

श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले २२ तथा कुशल मेन्डिसले १८ रन जोडे ।
इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले समूह १ बाट दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो ।

यस समूहबाट न्युजिल्याण्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहदै अन्तिम चारमा पुग्यो भने इंग्ल्यान्डको जितसँगै साविक विजेता अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरियो ।

श्रीलंकाले जितेको खण्डमा अष्ट्रेलिया अन्तिम चारमा पुग्ने थियो । तर अष्ट्रेलियाले ७ अंक जोडेपनि नेट रन रेटमा पछि परेपछि सेमिफाइनलमा पुग्न पाएन ।