१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ।  नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना र सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले करिब २४ खर्ब रुपैयाँको बजेटमा विकासतर्फको खर्च अत्यन्तै न्युन हुनु चिन्ताको विषय भएको बताउनु भयो । डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव नरहेको उहाँको भनाइ छ ।

उहाँकाअनुसार अर्थतन्त्रलाई वास्तविक रूपमा चलायमान बनाउने हो भने विकास बजेटको आकार कम्तीमा १२ खर्ब पु¥याइनुपर्छ र त्यसलाई प्रभावकारी रूपमा खर्च पु¥याउनुपर्छ ।

उपाध्यक्ष श्रेष्ठले नेपाली विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै उच्चस्तरीय गुणस्तरीय शिक्षाको सुनिश्चितता हुनुपर्ने बताउनु भयो । उहाँले विश्वप्रख्यात विश्वविद्यालयहरूसँगको साझेदारी वा संयुक्त लगानी (जोइन्ट भेन्चर) मा नेपालमै उच्च शिक्षाका केन्द्रहरू खोल्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । यसका लागि दीर्घकालीन सोचका साथ अघि बढ्न उहाँले सरकारलाई आग्रह गर्नुभ्यो ।

उहाँले भन्नुभयो, ‘ आर्थिक अवस्था चलायमान बनाउन खुला अर्थतन्त्र हुनुपर्छ । डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव छैन । सरकारको सोच नै गलत छ । अर्थतन्त्रलाई वास्तविक रूपमा चलायमान बनाउने हो भने विकास बजेटको आकार कम्तीमा १२ खर्ब पु¥याइनुपर्छ र त्यसलाई प्रभावकारी रूपमा खर्च गरिनुपर्छ । आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सके विद्यार्थीहरू विदेश जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।’शैक्षिक

हाँले जोड दिनुभयो । व्यवसायीहरूलाई सहज रूपमा काम गर्ने वातावरण निर्माण गरिदिन उहाँले सरकारसँग माग गर्नुभयो ।–न्युज एजेन्सी नेपाल