२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाले अफगानिस्तानलाई हरायो



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट अन्तर्गत आयोजक अष्ट्रेलियाले जित निकालेको छ । एडिलेटमा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाए । यस्तै, गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे भने इब्राहिम जाड्रनले २६ तथा डार्विस रसोलले १५ रन जोडे ।

अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५–२५ रन बनाए ।

अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए भने फजलहक फारुकीले २ विकेट लिए । जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

यद्यपि, अष्ट्रेलियाको सेमिफाइनल यात्रा श्रीलंका र इंग्ल्यान्डबीचको खेलमा निर्भर रहनेछ । समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेको छ । अष्ट्रेलिया समूहको दोस्रो स्थानमा उक्लिएको छ ।