• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

श्रीलङ्कामा सन् २०२२ मा करिब ५० हजार डेङ्गु सङ्क्रमित



symbolic picture

कोलम्बो । श्रीलङ्कामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल सङ्क्रमितमध्ये ५० प्रतिशत भेटिएका छन् ।

कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

डेङ्गु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सिएमसीसँग रकम अभाव हुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको विजेमुनिले बताउनुभयो । विजेमुनीका अनुसार डेङ्गुका बिरामी सामान्यतया जून र अगस्ट तथा नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन् ।

इन्धनअभावका कारण पनि लामखुट्टे उन्मूलन अभियान प्रभावित भएको उहाँले बताउनुभयो ।