१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैजा रोगबारे सरकार गम्भीर बन्नुपर्छः नविना लामा



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताउनुभएको हो । उहाँले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारस्ँग माग गर्नुभयो । सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विशेष गरेर बच्चाहरुमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ । त्यो पनि काठमाडौंमा बच्चाहरुमा धेरै देखिएको छ । यसको बारेमा सामान्य जनताले यस्तो महंगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ । रोकथामको निम्ति सरकारले रोगलाई न्यूनिकरण गर्नको निम्ति विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रादेशिक तहदेखि वडासम्म पु¥याउन यसको योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।’

सांसद लामाले हैजा रोकथाम र न्यूनिकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो ।