४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता
फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहका प्रमुखहरूसँग टेलिफोन संवाद गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

भदौ १० गते गएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित स्थानीय तहका अध्यक्षहरूसँग लामिछानेले आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोन संवाद गरेका हुन्।

केन्द्रीय तहका नेताहरूलाई समेत सहभागी गराइएको संवादमा उनले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय तहले भोगिरहेका समस्या र तत्काल आवश्यक पर्ने सामग्रीबारे जानकारी लिएका थिए।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने, शव व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने तथा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गर्नुपर्ने माग राखे।

आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि थप उपाय तत्काल अपनाउनुपर्ने तथा जेनेरेटरको व्यवस्था गरी विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्ने, खाना पकाउने ग्यासको अभाव रहेकाले एक हजार सिलिन्डर तत्काल उपलब्ध गराउनुपर्ने तथा विद्युत् प्राधिकरणले विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम सुरु गर्नुपर्ने बताए। उनले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नभएको गुनासोसमेत गरेका थिए।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्या भएको बताए। उद्धारमा सुरक्षाकर्मी परिचालन हुँदा नियमित जनसुरक्षाको काम प्रभावित भएको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उनको माग थियो।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँग समन्वयमा कठिनाइ भइरहेको समेत जानकारी गराए।

त्यस्तै, धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले प्रभावितका लागि कम्तीमा एक सय वटा टेन्ट आवश्यक रहेको भन्दै वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने बताएका थिए।

स्थानीय तहका प्रमुखहरूले उठाएका समस्या र मागहरू गम्भीरतापूर्वक सुनेपछि लामिछानेले नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल छलफल गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। रास्वपाका अनुसार उनले विभिन्न मन्त्रीहरूसँग समन्वय गर्ने कामसमेत तत्काल सुरु गरेका छन्।