५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत
अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले आईतवार मन्त्रिपरिषद्का ६ महत्वपूर्ण पद र राष्ट्रपतीय कार्यालयका उच्च अधिकारीहरूको मनोनयन गर्नुभएको छ ।

राष्ट्रपतीय कार्यालय ‘ब्लु हाउस’का अनुसार आर्थिक मामिला हेर्ने उपप्रधानमन्त्री र रक्षा मन्त्रीसहित विभिन्न मन्त्रालयका लागि नयाँ उम्मेदवारहरू छनोट गरिएको हो ।

राष्ट्रपतिका मुख्य सचिव काङ हुन–सिकले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राष्ट्रपति लीले अर्थ मन्त्रालयका प्रथम उपमन्त्री ली ह्युङ–इललाई उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीमा मनोनीत गर्नुभएको छ ।

यसैगरी, काङ सिन–चुललाई रक्षा मन्त्री, किम सेउङ–वनलाई न्याय मन्त्री र होङ जी–सुनलाई भूमि, पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा प्रश्ताव गरिएको छ ।

त्यस्तै, ली सो–योङलाई साना तथा मझौला उद्योग र स्टार्टअप मन्त्री तथा योङ ह्ये–इनलाई लैङ्गिक समानता र परिवार मन्त्रीमा मनोनीत गरिएको छ ।

मन्त्रिपरिषद् बाहेक राष्ट्रपतिले अन्य दुई महत्वपूर्ण नियुक्ति पनि गर्नुभएको छ । ली हाई–मिनलाई ‘एआई तथा भविष्य योजना’ सम्बन्धी राष्ट्रपतिको वरिष्ठ सचिव र ली वन–जुलाई नवनिर्मित ‘मेगा प्रोजेक्ट’का लागि राष्ट्रपतीय सहयोगी नियुक्त गरिएको छ ।

मुख्य सचिव काङका अनुसार दक्षिण कोरियालाई विश्वको शीर्ष तीन एआई शक्ति राष्ट्र बनाउने र जनमानसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ यी नियुक्तिहरू गरिएका हुन् ।

दक्षिण कोरियाली कानूनअनुसार मनोनीत मन्त्रीहरूले संसदीय सुनुवाइ प्रक्रिया पार गर्नुपर्ने हुन्छ । यद्यपि, नेशनल एसेम्बलीले अनुमोदन नगरे पनि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्नसक्ने कानुनी प्रावधान छ । नयाँ मन्त्रीहरूले औपचारिक रूपमा कार्यभार नसम्हालेसम्म बहालवाला मन्त्रीहरूले नै आफ्नो जिम्मेवारी पूरा गर्नेछन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल