१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने



अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ ।

महासङ्घले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार गर्न तथा राहत सामग्री ओसारपसारमा सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क बससेवा सुरु गरेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ढुवानी गर्नुपरेमा महासङ्घका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

महासङ्घले सहयोग आवश्यक पर्ने व्यक्ति तथा संस्थालाई सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न आग्रह गरेको छ ।

महासङ्घले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यातायात क्षेत्रबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने जनाएको छ।