१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता



अ+ अ-

काठमाडौँ। लस एन्जलसको पूर्वी क्षेत्रस्थित पोमोना फेयरप्लेक्समा आयोजित वार्षिक ‘बबल रन’मा १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् ।

रङ्गीचङ्गी साबुनका फिँज (बबल) र पारिवारिक मनोरञ्जनका साथ आयोजना गरिएको यस दौडमा सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए ।

बबल रन एक पारिवारिक र गैर–प्रतिष्पर्धात्मक ५ किलोमिटरको दौड प्रतियोगिता हो । यसमा सहभागीहरू रङ्गीचङ्गी फिँजका बादलहरूका बीचबाट दौडिने वा हिँड्ने गर्दछन् ।

संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरूमा वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रमले धावक, पैदल यात्री, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा ल्याई मनोरञ्जन प्रदान गर्ने उद्देश्य राख्दछ ।

आयोजककाअनुसार हालसम्म अमेरिकाका ८० भन्दा बढी सहरहरूमा यो कार्यक्रम सञ्चालन भइसकेको छ । यी विभिन्न कार्यक्रमहरूमा हालसम्म १० लाखभन्दा बढी मानिसहरूले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल