५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा

चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा
अ+ अ-

काठमाडौँ। दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट फूड लकर’हरू सञ्चालनमा आएका छन् ।

यो सेवा ‘फुड बैंक’ नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा सुरु गरिएको हो । यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपरमार्केटहरूबाट संकलन गरिएका खाद्य सामग्रीहरू राखिने गरिन्छ ।

लकरमा राखिने सबै सामग्रीहरूले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ । चौबीसै घण्टा सञ्चालन हुने यी लकरहरूले उपलब्ध खाद्य सामग्रीको अवस्थाबारे वास्तविक समयको जानकारी प्रदर्शन गर्दछन् ।

प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए–नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्नसक्ने व्यवस्था गरिएको छ ।

खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।यस अभियान अन्तर्गत विशेष गरी न्यून आय भएका र असहाय समूहहरूलाई प्राथमिकता दिइएको छ । यद्यपि, बेलुका ८ बजेपछि लकरमा बाँकी रहेका सामग्रीहरू जोसुकै सर्वसाधारणले पनि लिन सक्ने प्रावधान राखिएको छ ।

यस नवीन पहलले खाँचोमा परेका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पु¥याउनुका साथै खाद्य वस्तुको बर्बादी न्यूनीकरण गर्न र समाजमा दिगो जीवनशैलीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल