१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत क्षेत्रमा एमालेमा महासचिव शङ्कर पोखरेलसहितको टोलीको स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आज बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड दिँदै विपत्तिका नाममा राजनीतिक लाभ वा श्रेयय लिने प्रयास र होडबाजी नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरेको बताउँदै उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनःस्थापनाका काममा समन्वय गर्न सुझाव दिनुभयो ।