१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित



अ+ अ-

काठमाडाैँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते विहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत् रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ । इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् ।

दुई जना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् । भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।