४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया विश्वकपमा छनोट



अ+ अ-

एजेन्सी । अष्ट्रेलिया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि छनोट भएको छ ।

विश्वकप छनोट अन्तर्गत सोमबार राति इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा पेरुलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । पेनाल्टीमा अष्ट्रेलिया ५–४ ले विजयी भयो । अष्ट्रेलिया विश्वकपमा छनोट हुने ३१ औं टिम हो । अष्ट्रेलिया पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

अष्ट्रेलिया विश्वकपको समूह डी मा रहेको छ । जसमा फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेका छन् ।