४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त
अ+ अ-

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगर नियुक्त भएका छन्।

एमाले, नेकपा र राप्रपाको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थापा मगरलाई प्रदेश प्रमुख दीपक देवकोटाले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नयाँ सरकार गठनका लागि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा समेत सहमति जुटिसकेको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, राप्रपाले तीन तथा नेकपाले दुई मन्त्रालय पाउनेछन्।

तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ। राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री थापा मगरलाई समर्थन गरेपछि पार्टीमा विवाद चुलिएको हो।

उद्धव थापालाई संसदीय दलको नेता तथा पार्टीको साधारण सदस्यबाट समेत हटाउन सिफारिस गर्ने निर्णय राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले बिहीबार गरेको छ।

यससँगै नयाँ सरकार गठनसँगै बागमती प्रदेशमा सत्ता समीकरणसँगै राप्रपाभित्रको आन्तरिक विवाद पनि थप सतहमा आएको छ।