४ भाद्र २०८३, बिहीबार
,
Latest
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने



अ+ अ-

 

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभामा दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रक्रियाका सबै पक्षलाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।

संविधान संशोधनका लागि आवश्यक संख्या पु¥याउन सरकारलाई सहयोग गर्ने विभिन्न राजनीतिक दलका नेताहरूको अभिव्यक्तिको स्वागत गर्दै उहाँले प्रतिनिधि सभामा दुईतिहाइ मत पुग्नु मात्रै संशोधनको अन्तिम आधार नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कतिपय माननीयज्यूहरूले सरकारलाई समर्थन गर्दै सरकार अघि बढोस्, हामी सहयोग गर्छौँ, संविधान संशोधनका लागि आवश्यक संख्या पनि दिन्छौँ भन्नुभएको छ । तर संविधान संशोधनका लागि प्रतिनिधि सभामा मात्र दुईतिहाइ संख्या पुग्नु पर्याप्त हुँदैन ।”

लामिछानेले संविधान र कानूनले तोकेका आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्रै संशोधनको विषय अघि बढाउनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनजस्तो संवेदनशील विषयमा भावनाभन्दा कानूनी र संवैधानिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

सरकारलाई सहयोग गर्ने तत्परता देखाएका राजनीतिक दलहरूप्रति आभार व्यक्त गर्दै लामिछानेले उनीहरूको सकारात्मक भावना र सहकार्यको स्पिरिटको सम्मान गर्ने बताउनुभयो ।

उहाँले संविधान संशोधनको विषयमा संविधान तथा कानूनका सबै प्रावधानको पूर्ण पालना गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।