३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
अ+ अ-

काठमाडौं । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत पु¥याउन नेपालगञ्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले बताउनुभयो ।

“कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा सङ्कलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ”, उहाँले भन्नुभयो ।

पहाडी तथा हिमाली क्षेत्रबाट सडक र हवाई मार्गमार्फत जडीबुटी नेपालगञ्ज पु¥याइन्छ । यहाँबाट भारतीय सीमानाका जोडिन, जडीबुटी भण्डारणका लागि नेपालगञ्ज र आसपासका क्षेत्रमा ठूला गोदाम तथा प्रशोधन केन्द्र रहेका छन् ।

निर्यात प्रक्रियामा देखिने कानुनी प्रावधान र प्रमाणीकरणको ढिलासुस्ती, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइनु र आधुनिक प्रशोधन प्रयोगशालाको अभाव हुनु, भारततर्फको निर्यातमा बेलाबेलामा देखिने क्वारेन्टाइन तथा गैर–भन्सार अवरोध जस्ता चुनौती रहेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताउनुभयो । नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष ०८२/८३ मा रु ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ  ।

गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट ३७ लाख तीन हजार आठ सय ६१ किलो बराबरका विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ । निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, सङ्कलक र व्यवसायी उत्साहित भएका छन् ।

यसअघि आर्थिक वर्ष ०८१/८२ मा नेपालगञ्ज नाकाबाट रु ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष ०८०/८१ मा रु ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो ।