२ भाद्र २०८३, मंगलवार
,
Latest
स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले क्वाड बैठकमा रुस विरुद्ध संयुक्त प्रतिक्रियाको लागि आह्वान गर्ने



अ+ अ-

वासिङ्टन,अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ । सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइट हाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग ९क्वाड० राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो। बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउढाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने, “हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौं।”
“अब, यो बैठक केही हप्ता टाढा छ त्यसैले यस बीचमा धेरै कुरा विकसित हुन पनि हुन सक्छ,” साकीले भने, “निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौं र त्यस समयमा घटनाक्रम कहाँ खडा हुने छन् भन्ने बारे बताउनुहनेछ ।”

अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २०२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्नुहुने समेत, ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ।
टोकियोमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नुहुनेछ।
“हामी यस यात्राको बारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्न तत्पर छौं,” ह्वाइट हाउसले जनाएको छ।

गत वर्ष सेप्टेम्बरमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइट हाउसमा क्वाडको प्रत्यक्षरूपमा आयोजित पहिलो शिखर सम्मेलनमा स्वागत गर्नुभएको थियो।