२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ



अ+ अ-

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताउनुभएको छ ।

आयोगको कार्यालयमा आज पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उहाँले वर्तमान नेतृत्व सबै पूर्वपदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम् कामहरूका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराउनुभएको थियो ।

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधारलगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । छलफलमा पूर्वप्रमुख आयुक्त, आयुक्त र वर्तमान आयुक्तहरूको सहभागिता थियो । रासस