४ भाद्र २०८३, बिहीबार
,
Latest
“नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार खेल अगाबै पिएसजीलाई लिग वानको उपाधि



अ+ अ-

एजेन्सी । जारी सिजनको फ्रेन्च फुटबल लिग लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

लिगको चार राउन्डको खेल बाँकी छँदै पिएसजी कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको हो ।

शनिबार राति सम्पन्न खेलमा घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरीमा रोकिएपनि पिएसजी च्याम्पियन बन्न सफल भएको हो ।

खेलको ६८औं मिनेटमा लियोनल मेसीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५७औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

बराबरीमा रोकिएपनि पिएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त रह्यो । यस बराबरीसँगै पिएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । अब पिएसजीले आफ्नो सबै चार खेल गुमाएपनि च्याम्पियन बन्नछ । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ ।

लेन्स भने ५४ अंक जोडेर सातौं स्थानमा रहेको छ । पिएसजीको यो १०औं लिग उपाधि हो । च्याम्पियन बनेसँगै पिएसजीले सर्वाधिक लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।