२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सानदार जित, जिसस एक्लैको चार गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । उपाधि होडमा रहेको सिटीले वाटफोर्डलाई घरेलु मैदानमा ५–१ गोलले हराएको हो ।

सिटीलाई जित दिलाउन गाब्रियल जिससले ह्याट्रिकसहित चार गोल गरे भने रोड्रीले एक गोल गरे । जिससले ४, २३, ४९ (पेनाल्टीमार्फत) र ५३ औं मिनेटमा गोल गरेका हुन् भने रोड्रीले ३४ औं मिनेटमा गोल गरे । यता २८ औं मिनेटमा हसाने कामराले वाटफोर्डका लागि एक गोल फर्काए ।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको सिटीको ३३ खेलबाट ८० अंक छ । समान खेलबाट ३२ अंकसहित वाटफोर्ड १९ औं स्थानमा रहेको छ ।