१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ (भडियोसहित)

जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ (भडियोसहित)
अ अ+ अ-

काठमाडौं । सिने पत्रकार एवं लेखक जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक भएको छ । नेपाली सिने जगत र चलचित्र उद्योगलाई विकसित तुल्याउन लागि पर्ने ६१ पात्रका कथा र उनीहरुको योगदानलाई पुस्तकमा समेटिएको लेखक पराजुलीले बताउनु भयो । पुस्तकमा नेपाली सिने जगतमा नेतृत्वदायी भुमिकामा रहेर काम गरेका महिला, सिने नगरीमा अहिलेसम्म योगदान दिएका निर्देशक र कलाकारहरुको बारेमा तथ्यपरक रुपमा लेखिएको लेखक पराजुलीको भनाइ छ । उहाँले पुस्तकमा नेपाली सिने क्षेत्रका विभिन्न कालखण्डका व्यक्तिहरुको बारेमा ५० वर्षे नेपाली सिनेमा क्षेत्रमा देखा परेका समस्या, सबल पक्ष र वर्तमान अवस्थालाई व्याख्यात्मकरुपमा विश्लेषण गर्नुभएको छ ।  

लेखक पराजलीले भन्नुभयो, ‘यो पुस्तकको रुपमा आए पनि यो मैले डेढ दशकदेखि गरिरहेको सिने पत्रकारीताको प्याकेज हो । हामीले फरक फरक स्टोरी एक एक व्यक्तिका त गर्दै आएका छौँ तर यो एउटा एकै ठाउँमा व्याख्यात्मक रुपमा ६१ जना नेपाली चलचित्र क्षेत्रका विभिन्न कालखण्डका पात्रहरुका अनुभवलाई उहाँहरुकै दृष्टिकोणबाट हिजोको नेपाली चलचित्र, बीचमा र आज कस्तो छ भन्ने कुराहरु लेखेको छु । नेपाली सिने जगतको ५० वर्षे इतिहास पुग्दासम्म कस्तो रह्यो त नेपाली सिने नगरी भन्ने बारेमा लेखेको छु ।’

लेखक पराजुलीले यो पुस्तकमा २०२६ सालदेखिको नेपाली चलचित्रको बारेमा विस्तृतरुपमा जानकारी मिल्ने बताउनु भयो । उहाँले नेपाली चलचित्र शुरु भएदेखिको चलचित्र क्षेत्रको नेतृत्व, मतभेद, शाही नेपाली चलचित्र संस्थानमा भएको मत मतान्तरका बारेमा पनि पुस्तकमा खुलाइएको बताउनु भयो । लेखक पराजुलीले नेपाली चलचित्र शुरु भएको बेलामा नेतृत्व गरेका यादव खरेल, स्व। चेतन कार्कीको बारेमा पनि पुस्तकमा विस्तृतमा समेटिएको पनि बताउनु भयो । लेखक पराजुलीले पुस्तकमा विशेष गरेर नेपाली सिने क्षेत्रका कलाकारहरुका चुनौति र सफलताको बारेमा पनि पुस्तकमा समावेश गरेको बताउनु भयो ।

लेखक पराजुलीले भन्नुभयो, ‘यो पुस्तकले वि।सं। २०२६ सालदेखिको समय बोल्छ ।  २०२२ सालमा आमा चलचित्र बनेको थियो । त्यसपछि २०२६ सालमा दरबारको चाहनामा शाही नेपाली चलचित्र संस्थानको शुरुवात भएको थियो । जसको प्रारुप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहदेवबाट भएको थियो । उहाँको देहान्तपछि वीरन्द्र राजा भएपछि संस्थागत रुपमा अघि बढेको थियो । जतिबेला यादव खरेलले लिडिङ गर्नुभएको थियो । त्यही ताकाबाट स्व।चेतन कार्की कर्मचारीको रुपमा शाही नेपाली चलचित्र संस्थानमा दशकौँ काम गर्नुभयो । उहाँहरुको अनुभव, विचार, मत मतान्तरलाई पनि यसमा समेटेको छु ।’

लेखक पराजुलीले पुस्तकमा महानायक राजेश हमालको चलचित्र क्षेत्रमा प्रवेश र योगदानका बारेमा पनि चर्चा गरेको बताउनु भयो । पुस्तकमा महानायक हमाल र महानायिका मानन्धरको फिल्म क्षेत्रको लामो सहकार्य र अमेरिका पलायनसम्मको कथा पनि पुस्तकमा समेटेको बताउनु भयो ।

लेखक पराजुलीले भन्नुभयो, ‘अर्को एउटा च्याप्टर राखेको छु, राजेश हमाल युगदेखि युगसम्म भनेर । एउटा कालखण्डमा नेपाली समाजमा हिरो भनेकै राजेश हमाल भन्ने थियो । जनमानसमा आफ्ना कथा बोकेर हिँड्ने नायक भनेकै राजेश हमाल भन्ने थियो । राजेश हमालले त्यो बेला एकैदिनमा ४ वटा फिल्म शुटिङ गरेको कुरा पनि पुस्तकमा खुलाउनु भएको छ । उहाँसँग जोडिएर आउने पात्रहरु जस्तै करिष्मा मानन्धर । जसले सबैभन्दा लामो सहकार्य नै राजेश हमालसँग गर्नुभएको छ । उहाँहरुका भेट हुँदाको किस्साहरु, उहाँहरुको पहिलो फिल्म मूहुर्त भएर पनि किन शुटिङ भएन रु किन दुवै जनाले छोड्नुभयो भन्ने कुराहरु पनि यसमा राखेको छु ।’

लेखक पराजुलीले यस्ता कुनै पनि क्षेत्रको इतिहास बोकेका पुस्तकहरु सोही विषय अध्ययनरत विद्यार्थीहरुको जानकारीका लागि पाठ्यक्रममा सामवेश गर्नुपर्ने बताउनु भयो । उहाँले यो पुस्तक शिक्षा, संस्कृति र सञ्चार मन्त्रालयसँग जोडिने भएकोले पाठ्यक्रममा समावेश गर्दा यसले शिक्षा, संस्कृति र सञ्चारको क्षेत्रलाई थप टेवा पुग्ने उहाँको भनाइ छ ।

लेखक पराजुलीले भन्नुभयो, ‘यो पुस्तकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन वटै मन्त्रालयसँग सम्बन्ध राख्छ । सञ्चार मन्त्रालयले पत्रकारिता, चलचित्रसँग सम्बन्ध राख्छ । संस्कृति मन्त्रालय, चलचित्रले संस्कृतिलाई चिनाउँछ त्यसकारण पनि संस्कृति मन्त्रालयसँग यो जोडिन्छ । अर्को शिक्षा मन्त्रालय, शैक्षिक रुपमा हेर्दा हरेक नेपालीले, हरेक विद्यार्थीले पढ्नैपर्ने कला, संस्कृति । नेपालको अर्थतन्त्रमा एउटा ठूलो हिस्सा नेपाली चलचित्र उद्योगले पनि राख्नु पर्ने हो तर शिक्षाको कमीको कारणले पनि हुन सकेको छैन । हामीले चलचित्र, चलचित्रका पात्रलाई बुझेकै छैनौँ र राज्यले त्यसमा चासो दिएको छैन । यस्ता पुस्तकहरुलाई शिक्षा मन्त्रालयले पनि एउटा शैक्षिक रुपमा पनि हेर्न र राख्न सक्यो भने त्यसबाट राम्रो हुनेछ ।’  

लेखक पराजुलीको पुस्तक ‘क्लोज अप’ मा विशेष गरेर नेपाली चलचित्र क्षेत्रको अहिलेसम्मको कालखण्डलाई समेटिएको छ । पुस्तक विशेष गरेर सिने क्षेत्रलाई अहिलेसम्म ल्याउनका लागि योगदान दिएका सिनेकर्मीहरुको बारेमा पुस्तक तयार भएको छ । पुस्तकमा अझै केही सिने नगरीलाई महत्वपूर्ण योगदान दिने सिनेकर्मीहरुको बारेमा पर्याप्त तथ्य नहुँदा छुटेको पनि लेखक पराजुलीले बताउनु भयो । उहाँले आगामी संस्करणमा छुटेका ती सिनेपात्रलाई समावेश गर्दै भएका केही त्रुटी र गुनासाहरुलाई परिमार्ज गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । लेखक पराजुलीले सिने क्षेत्रको यो इतिहास अहिलेसम्म एकै ठाउँमा कतै नभेटेको र त्यही इतिहासलाई एक ठाउँमा बनाउने प्रयास स्वरुप पुस्तक तयार गरेको बताउनु भयो । यो पुस्तकले नेपाली चलचित्र उद्योग र चलचित्रसम्बन्धि अध्ययनरत विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने लेखक पराजुलीको विश्वास छ ।