५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरमा शुरु



अ+ अ-

जनकपुरधाम –  ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव नेपालद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका मैथिली भाषा अभियानी, साहित्यकार, कलाकार, भाषाविद् पुरातत्वविद् र संस्कृतिविद्को सहभागिता रहेको छ । सम्मेलनमा मैथिली भाषाको अवस्था, मैथिल संस्कृति, पुरातत्वाविक सम्पदा, साहित्य विवेचना, प्रादेशिक अवस्था, प्रदेश नं २ मा मैथिली भाषालाई न्याय दिलाउने विषयमा चिन्तन मनन गरी सरकारको ध्यानाकर्षण र कार्यान्वयन गराउन जनकपुर घोषणापत्र जारी गरिने जनाइएको छ ।

सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथिली भाषाको सम्वेगलाई युग सम्वेगसँग समाहित गरी अगाडि बढनु जरूरी छ भन्नुभयो । उहाँले संविधानको प्रावधान, प्राचीनता र माधुर्यताले मैथिली भाषालाई कामकाजको भाषाका रूपमा आगामी दिनमा कार्यान्वयन हुन सकिने सम्भावना रहेकाले यसको स्वरूपलाई आम पाठकबीच सहजीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

भाषाविद् डा रामावतार यादवले भाषिक दृष्टिले प्रदेश नं २ मा अग्र रहेका कारण कामकाजको भाषाका रूपमा प्रदेश सरकारले मान्यता दिनु आवश्यक भएको धारणा राख्नुभयो । भाषा अभियानी वैधनाथ चौधरी बैजु, सुनील मल्लिक, अशोक झा, प्रवीणनारायण चौधरी, श्यामसुन्दर शशिलगायतले मैथिली भाषाको मान्यताका बारेमा अनावश्यक विवाद गर्नु चिन्ताको विषय भएको बताउनुभयो ।

समारोहमा प्रदेश प्रमुख कायस्थले गायक रामा मण्डल, साहित्यकार डा जयनारायण यादव र भाषा अभियानी स्व योगेन्द्रप्रसाद साहलाई मिथिला रत्न, भोजपुरी साहित्यकार गोपाल अश्कलाई मिथिला श्री र अभियानी दीपक झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मान प्रदान गर्नुुभयो । सम्मेलनका संयोजक रामभरोस कापडीको अध्यक्षतामा भएको सो समारोहमा विभिन्न कृति विमोचन र कापडिद्वारा लिखित गीत सार्वजनिक गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।