३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

‘नेपाल–रुस : सम्बन्धका पाटाहरू’ लोकार्पण

‘नेपाल–रुस : सम्बन्धका पाटाहरू’ लोकार्पण
अ+ अ-

काठमाडौं: कमलपोखरीस्थित रुसी सदनमा नेपाल–रुस साहित्य समाजका महासचिव रामबिन्दु श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–रुस : सम्बन्धका पाटाहरू’ भव्य समारोहबीच लोकार्पण गरिएको छ।

नेपाल–रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुसी महासंघको दूतावासका मन्त्री सल्लाहकार रिनचेन राखायेभको प्रमुख आतिथ्यता तथा काठमाडौंस्थित रुसी सदनकी निर्देशक अनास्तासिया भ्यालेन्तिनोभ्ना खोख्लोभाको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपालभाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दर, रुसी महासंघका लागि पूर्व नेपाली राजदूतद्वय मिलनराज तुलाधर र हिरण्यलाल श्रेष्ठ, नेपाल–रुस साहित्य समाजका उपाध्यक्ष चन्द्रकान्त आचार्यलगायत साहित्य तथा नेपाल–रुस सम्बन्धसँग जोडिएका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

उपस्थित वक्ताहरूले ‘नेपाल–रुस : सम्बन्धका पाटाहरू’ पुस्तकले नेपाल र रुसबीचको ऐतिहासिक, कूटनीतिक, सांस्कृतिक तथा साहित्यिक सम्बन्धका विविध पक्षलाई उजागर गरेको बताए। उनीहरूले कृतिकार तथा कृतिको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको साहित्यिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

‘मातृभूमि र प्रेम’का स्रष्टालाई सम्मान

सोही अवसरमा रूस–नेपाल सहयोग तथा मैत्री समाज, मस्कोको तर्फबाट रुस र नेपालका समकालीन नारी स्रष्टाहरूका कविताको द्वैभाषिक संग्रह ‘मातृभूमि र प्रेम’ मा योगदान पुर्‍याउने नेपाली तथा रूसी नारी स्रष्टाहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित उक्त संग्रहमा २० नेपाली र २१ रूसी नारी स्रष्टाका कविता समावेश छन्।

संग्रहमा राधिका कल्पित, अल्का मल्ल, सुलोचना मानन्धर, नाज सिंह, गीता त्रिपाठी, शकुन्तला जोशी, प्रगति राई, लक्ष्मी रुम्बा, विमला तुम्खेवा, उषा शेरचन, लक्ष्मी थापालगायत नेपाली स्रष्टाका सिर्जना समेटिएका छन्।

संग्रहकी सम्पादिका तथा संकलनकर्ता तमारा पत्योम्कना नेपाल–रुस सहयोग तथा मैत्री समाजको साहित्यिक आयोगकी अध्यक्षसमेत हुन्।

यसअघि ५ अगस्त २०२६ मा मस्कोस्थित रूसी लेखक संघको ह्वाइट हलमा ‘मातृभूमि र प्रेम’ संग्रहको प्रस्तुति तथा समीक्षा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा रूसी लेखक संघकी सचिव नीना डायकोभा, बोर्डको सचिवालयकी उपकार्यकारी सचिव नीना पोपोभा तथा सम्पादिका तमारा पत्योम्कनाले सहभागिता जनाएका थिए।

‘नेपाल–रुस : सम्बन्धका पाटाहरू’ ले दुई देशबीचका सम्बन्धका विविध आयामलाई समेटेको छ भने ‘मातृभूमि र प्रेम’ ले नेपाली र रूसी नारी स्रष्टाका सिर्जनामार्फत दुई देशबीचको साहित्यिक आत्मीयतालाई थप नजिक ल्याउने प्रयास गरेको छ।

‘मातृभूमि र प्रेम’ कविता संग्रहको नेपालमा समेत छिट्टै विमोचन आयोजना गरिने जानकारी दिइएको छ। साहित्य र संस्कृतिमार्फत नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।