२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै सेक्स गर्न कण्डम दिइयो, युवायुवतीमा खुसीयाली



अ+ अ-

सोलुखुम्बु । कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो।

शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिए। चाक्चाकुर मेला १७ गतेसम्म जारी रहने भएकाले मेलाको अवसरमा यूवायूवतीमा हुने सामिप्यताले निम्त्याउने यौन दुर्घटना न्यूनिकरणका लागि अस्थायी साधनको प्रयोगलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ।

समझदारीमा हुने यौन सम्पर्कबाट हुने अनिच्छित गर्भधारणलाई रोक्ने र सानै उमेरमा हुने विवाहलाई कमी गर्ने उद्देश्यले कण्डम वितरणको अभियान थालिएको स्वास्थ्य शाखाले जनाएको छ। संयोजक आचार्यले यूवाहरुसँग हातेमालो गर्दै कण्डम वितरण गरिएको र चाक्चाकुर अवधिसम्म खुला स्थानमा कण्डमको उपलब्धता गराउने तयारीमा रहेको बताए। उनले होटलहरुमा समेत कण्डम लिन सकिने गरि व्यवस्थापन गरिने बताए। मेलाको अवसरमा हुने यौन क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्य रहेको उनको भनाई छ।

मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह हुने चलन पनि रहेको पाकापुस्ताहरु बताउँछन्। तर चेतनाको स्तर बृद्धि भएसँगै भागी विवाहको चलन घट्दै गएको जानकारहरु बताउँछन्। गाउँपालिकाले चाक्चाकुर पर्व मनाउनका लागि भन्दै पुस १५ देखि १७ सम्म स्थानीय विदा दिने निर्णय समेत गरेको छ। कुलुङहरुको बाक्लो बसोबास रहेको महाकुलुङमा पुस १५ को अवसरमा आफन्त भेटघाट, सामूहिक जमघट र खानपिनको चलन रहको छ। नागरिक दैनिकबाट