७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारकै वृद्ध आमा बनिन् भारतकी एक महिला



अ+ अ-

सुन्दा अचम्म लाग्न सक्छ ६५ वर्षे वृद्धाले एक स्वस्थ छोरीलाई जन्म दिईन रे ? अचम्ममा नपर्नुहोस् यो घटना हाम्रै छिमेकी देश भारतको काश्मिरको हो । यहँ ६५ वर्षे वृद्धाले एक स्वस्थ छोरीलाई जन्म दिएकी छिन् । नाम नखुलाइएकी ती आमाले आफू संसारको सबैभन्दा वृद्ध आमा भएको दाबी गरिरहेकी छिन् ।

सन् २०१८ को डिसेम्बर २६ तारिख (बक्सिङ डे) को दिन जम्मु–कश्मिरको पुन्छ जिल्लाको एक अस्पतालमा ती वृद्धाले छोरीलाई जन्म दिएको डेली मेलले बताएको छ ।यो जोडीको १० वर्षको छोरासमेत भएको जानकारीमा उल्लेख छ ।

कश्मिरका स्त्रीरोग विशेषज्ञ डा.साबिर सिद्दीकीले स्थानीय पत्रकारलाई यो घटनालाई ‘दुर्लभको पनि दुर्लभ’ संज्ञा दिएका छन् ।

‘साधारणतया भारतमा महिलाको महिनावारी ४७ वर्षमा सुक्छ । महिनावारी रोकिएपछि बच्चा जन्माउने बारे सोच्नै सकिँदैन । तर यो दुर्लभ घटना हो,’ उनले भने ।

यदि यो कुरा साँचो हो भने उनी प्राकृतिक तरिकाले गर्भाधान गर्ने संसारकै सबैभन्दा वृद्ध आमा हुन् ।