२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान

हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान
अ अ+ अ-

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो । हलगोरु पालनपोषण अनुदान वितरण कार्यक्रमअन्तर्गत कृषकलाई रु तीन लाख २२ हजार वितरण गरिएको वडाध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरुको महत्व अझै सान्दर्भिक रहेकाले हलगोरु पालनका लागि प्रोत्साहन गरिएको हो ।

खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हलगोरु पालनपोषण गर्ने परम्परागत संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

बढ्दो लागत र पशुपालनमा देखिएका चुनौतीकाबीच उक्त सहयोगले कृषकलाई हलगोरु पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि संस्कृतिको निरन्तरता तथा कृषकको मनोबल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार हलगोरु पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि जीवनशैलीसँग जोडिएको परम्परालाई जोगाउन सहयोग पुर्‍याउनेछ ।