२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न

८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न
अ अ+ अ-

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ३४० कार्यदिन लामो आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आठ महिलासहित ७९ जना नवप्रवेशी प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त कवाज समारोहमा उनीहरू दीक्षित भएका हुन् । तालिम सम्पन्न गरेसँगै नवदीक्षित प्रहरी निरीक्षकहरूले नागरिक सेवा, शान्ति सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार २०८२ जेठ २३ गतेदेखि सुरु भएको तालिममा छनोट भएका ७७ जनामध्ये एक जना मिसनमा रहेका र अघिल्लो समूहका तीन जना थपिएपछि कुल ७९ जना प्रशिक्षार्थी सहभागी भएका थिए । दीक्षित हुनेमध्ये ७१ जना पुरुष र आठ जना महिला छन् ।

शैक्षिक योग्यताका आधारमा १६ जना स्नातकोत्तर र ६३ जना स्नातक उत्तीर्ण रहेका छन् । प्रदेशगत रूपमा कोशीबाट १७, मधेसबाट १२, बागमतीबाट ११, गण्डकीबाट १०, लुम्बिनीबाट १६, कर्णालीबाट पाँच र सुदूरपश्चिमबाट आठ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

कुल एक हजार ३५० पूर्णाङ्कको तालिममा आन्तरिकतर्फ ६२० र बाह्यतर्फ ७३० अङ्कको मूल्याङ्कन गरिएको थियो । तालिममा प्रहरी प्रशासन, कानुन, अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन, फरेन्सिक विज्ञान, शारीरिक प्रशिक्षण, फायरिङ, उद्धार तथा विपद् व्यवस्थापनलगायतका विषय समेटिएका थिए ।

बाह्य अभ्यासअन्तर्गत प्रशिक्षार्थीलाई कवाज, फायरिङ, रक क्लाइम्बिङ, विपद् उद्धार, आपत्कालीन स्वास्थ्य प्रतिकार्य तथा भिड नियन्त्रणसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो । देशको भौगोलिक र सामाजिक विविधताबारे जानकारी गराउने उद्देश्यले उनीहरूलाई सगरमाथा र अन्नपूर्ण आधार शिविर तथा मुगुको थराङला पाससम्म स्थलगत अध्ययन भ्रमणसमेत गराइएको थियो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै डीआईजी आचार्यले प्रहरी निरीक्षकको काँधमा लगाइएको दज्र्यानी चिह्न पदको भार मात्र नभई नागरिकको भरोसा र राज्यको विश्वास भएको बताए ।

उनले विधिको शासन कायम गर्ने, मानव अधिकारको संरक्षण गर्ने तथा ‘सत्य सेवा सुरक्षणम्’ को मूलमन्त्र आत्मसात गर्दै कुनै पनि दबाब र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न नवदीक्षित अधिकृतहरूलाई निर्देशन दिए ।

विविध पृष्ठभूमिबाट आएका प्रशिक्षार्थीलाई राष्ट्रसेवा, जनसुरक्षा र नागरिकमैत्री प्रहरी सेवाको साझा उद्देश्यमा आबद्ध गर्दै व्यावसायिक प्रहरी अधिकृतका रूपमा तयार गरिएको प्रतिष्ठानले जनाएको छ ।